विपत्तिमा पनि सरकार जनताको साथमा देखिएन: साह
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विपत्तिको समयमा पनि सरकार जनताको साथमा नरहेको आरोप लगाएका छन् । बाढी पहिरोको विपत्तिबाट २ सय भन्दा बढी नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको अवस्थामा सरकारले प्रभावकारी ढङ्गले काम नगरेको उनको आरोप छ ।
बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभास भएको बताए । उनले देशमा नागरिक मर्दा विदेश सयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए ।
‘देशमा अहिले सरकार छैन । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरू कहीँ कतै देखिनुभएन । पीडितहरूले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोही पनि मन्त्रीहरू मैले प्रभावित क्षेत्र र पीडितहरूको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहनेछ । उहाँ एकदमै निर्दयी देखिनुभयो’, शाहले कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण