लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन
काठमाडौँ । लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले आज सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यो सम्झौता एक वर्षको लागि गरिएको हो । भैरहवाका शक्तिलाई सुरुवातदेखि नै लुम्बिनीले आफ्नो टिममा अनुबन्धित गर्न अनुरोध गरेको टिमले जनाएको छ ।
लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको र नेपाल प्रिमियर लिग जस्तो मेगा इभेन्ट गरेकोमा शक्तिले नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिए । अब भोलि हुने अक्सन चुनौतीपूर्ण रहेको शक्तिले बताए ।
कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको सफलतामा शक्ति गौचनको योगदान महत्त्वपूर्ण रहेको बताए ।
लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् । लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ केयर प्रालिसँग रहेको छ । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजित नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण