विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले काम गरिरहेको छ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकारले आवश्यक तयारीका साथ काम गरिरहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती र बेथानचोक बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपश्चात् विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर सेवा प्रवाहका बारेमा बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग पनि सेवाबारे जानकारी लिएका थिए। त्यस क्रममा परिवारका सातजना गुमाएका माइला तामाङप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए आफूलाई भन्न आग्रह गरे।
जवाफमा तामाङले भने, 'उपचार पाइरहेको छु तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन, सरकारले उपचारपछि जाने ठाउँ खोजिदिए हुन्थ्यो ।'
मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने र बाँकी सहयोगका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले धुलिखेल अस्पताललाई उपचारमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए। अब प्रदूषित पानी तथा फोहरका कारण सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहँदै रोकथामका लागि सचेतना फैलाउन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियो ।
'हामीले एउटा संकट त भोग्यौँ, अब विपद्पछिको स्वास्थ्य संकट आउन नदिन सजग बनौँ । सबै मिलेर सम्भावित संकटको सामना गर्न तयारी अवस्थामा रहन आवश्यक छ,' उनले भने ।
मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुले पुर्याएको सेवाको प्रशंसा गर्नुका साथै पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोबाट भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सङ्घीय शासन प्रणालीलाई कसरी थप सक्षम, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ?
-
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
-
बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
-
फुटबल, युद्ध र ऐक्यबद्धता यस विश्वकपमा गाजाबासीहरू किन स्पेनको समर्थन गर्दैछन् ?
-
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित (तस्बिरहरू)
-
राष्ट्रिय युवा महोत्सव आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण