पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय
काठमाडौँ । बाढी पहिरोले गर्दा भएको क्षतिको पुनर्निर्माणका लागि अर्थ मन्त्रालय स्रोतको व्यवस्थापनमा जुटेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोले ठुलो जनधनको क्षति भएको र उद्धार, राहत तथा पुनर्निर्माणमा ठुलो स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायतमा ठुलो क्षति भएको बताए । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भए पनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
यसअघि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक लगायत निकायले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण