रिङरोडमा आज र भोलि सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा

काठमाडौँ । बडादसैँको अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले शुक्रबार र शनिबारका लागि काठमाडौँको रिङरोडमा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।
आज बिहान ६ बजेबाट सुरु भएको नि:शुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलङ्की रुटमा सञ्चालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
यसै गरि विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गे पिङ राखेको छ । विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार