जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौँ । ललितपुर र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका-४ शिखर टोल बस्ने ध्रुव रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ केरू टोल बस्ने ३३ वर्षीय कबि नगरकोटी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार १ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यता दाङको दंगिशरण गाउँपालिका-३ रावतगाउँ बस्ने भागीराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश योगी समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ६ सय ५० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी दाङकै तुलसीपुर उपमहानगरपालिका-७ गैरापातु बस्ने शिव बहादुर बिकको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय टेक बहादुर बिक समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण