जलेश्वरमा दुर्गा मूर्ति विसर्जन
महोत्तरी । बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज वरुण सरोवरमा विसर्जन गरिएको छ ।
दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान् शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई वरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए । दुर्गा चोकबाट छुट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शङ्करचोक हुँदै नगर परिक्रमा गरी वरुण सरोवर पुर्याइ सेलाइएको हो ।
दुर्गा मूर्ति विसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए । बडादसैँको दश दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवीदेवतालाई आज बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा विसर्जन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण