जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ४० वर्षीय उत्तम बहादुर विष्ट समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय ९० रुपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरेको हो ।
यता कास्कीको पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित खेमराज आचार्यको होटल सिड्नी बोल्ममा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा गल्याङ नगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-१७ विरौटा बस्ने ३८ वर्षीय नविन थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ४ सय २६ रुपैयाँ, भारतीय ५ सय रुपैयाँ र २ सय ७ पत्ती तास सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवातास खेलिरहेको अवस्थामा खरेल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४ हजार ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण