आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो: साह
काठमाडौँ । नेकपा एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराधको रूपमा चित्रित गरेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् ।
‘शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्ने र आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रूर नाजीवादी सोच हो’, उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न जोकोहीले पाउने भएपनि एमालेले विज्ञप्ति नै जारी गरेर रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडकमा आन्दोलनकारीलाई तर्साउन खोजेको साहको भनाइ छ ।
बिहीबार नै एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गरेका थिए यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण