ट्र्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, ०४ जेठ २०७५, १२ : ३३
सुर्खेत– ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेकी एकजना वृद्धाको मृत्यु भएको छ ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीया मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताए ।
सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे१त ६८६७ नं.को ट्र्याक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिए ।
ट्र्याक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण