सर्लाहीबाट ७५ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद
आइतबार, ११ कात्तिक २०८१, २१ : १७

सर्लाही । सर्लाहीबाट प्रहरीले ७५ लाख भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना ३ ख ७८७३ नम्बरको कन्टेनरबाट प्रहरीले भन्सार छलीका भाडा वर्तनसहितका हार्डवेयरका सामानहरु बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।
प्रहरीले सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–१२ बाट ७५ लाख ५२ हजार ७ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । कन्टेनरबाट प्रहरीले भाडा बर्तनसहित तयारी पोशाक, टिभी, हार्डवेयरका सामानहरु, पेन्ट, पाइपहरु बरामद भएको प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।
उनका अनुसार सबै बरामद सामानको आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिइएको हो । बरामद कन्टेनरसहित सबै सामान आवश्यक कारबाहीको लागि पथलैया राजश्व कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल