नेपालमा एक साताको अवधिमा दोस्रो पटक विमानमा बमको हल्ला
काठमाडौँ । एक साताको अवधिमा नेपालमा दोस्रो पटक बमको हल्ला चलेको छ । सोमबारमात्रै काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाकाे विमानमा बम राखिएको हल्ला फैलियो ।
यससँगै सुरक्षा अधिकारीहरूले विमान चेकजाँच केही नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि केहीबेर तनावको अवस्था उत्पन्न भएको थियो ।
यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थिएन ।
त्यतिबेला दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी गराएपछि केहीबेर आतंक सिर्जना भएको थियो ।
पछिल्लो समयमा भारतमा विमानमा बम रहेको भनेर पटक पटक हल्ला चल्ने गरेपनि सर्च अपरेशनका क्रममा भने केही फेला पर्ने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
-
लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
-
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री वाग्ले
-
लागुऔषध नियन्त्रणका लागि कानुनी कारबाही मात्र पर्याप्त छैन : पद्मा अर्याल
-
सांसदहरूको हस्तक्षेपले रास्वपा मधेसमा चुलियो असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण