प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको दाबी छ ।
उदाहरणको रूपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्व रहेको उनले बताए ।"केपी ओली गैरआवासीय नेपाली नागरिकलाई वंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्" साहले मंगलबार आयोजित एक कार्यक्रममा उनले , "जो यो देशको नागरिक त्यागेर विदेशी भयो त्यसलाई नेपालको वंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट विदेश पुर्याउनेहरुलाई देश विकासका संवाहक देख्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?"
गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि गैरआवासीय नेपालीको भूमिका रहेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए, ‘संविधानमै भएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक संशोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण