प्रेस मर्यादित हुनुपर्छ : सञ्चार राज्यमन्त्री बास्कोटा
सुर्खेत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताएका छन् ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उनले भने, ‘प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।’
राज्यमन्त्री बाँस्कोटाले सामुदायिक रेडियो र व्यावसायिक रेडियोलाई एकै नजरले हेर्न सकिदैन् बताउँदै ‘सामुदायिक रेडियो सेवामुखी हुन्छन् भने व्यावसायिक रेडियो नाफामुखी हुन्छन्, त्यसैले रेडियोको वर्गिकरण गर्नुपर्छ,’ भने ।
संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्ने बताउँदै उनले गलत सूचना प्रशारण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न आफूले कत्ति पनि बिलम्ब नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
राज्यमन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकाभन्दा बढी प्रेस स्वतन्त्रता नेपालमा रहेको बताए ।
कर्णालीको भूगोल बदल्न नसकेपनि यहाँको स्रोत र साधनलाई प्रयोग गरेर देशलाई नै समृद्ध बनाउन सकिन्छ, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण