पुथा उत्तरङ्गामा एमाले र माओवादीले छाने उम्मेदवार
शनिबार, २४ कात्तिक २०८१, १२ : ३२
बुटवल । रुकुम पूर्व जिल्लाको पुथा उत्तरङ्गा गाउँपालिका उपाध्यक्षमा एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेस भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।
माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको रातोपाटीलाई बताइन् । यसअघि एमालेले केश कुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति भीमबहादुर खड्काले आगामी सोमबारभित्र उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए ।
यस्तै सोही गाउँ पालिकाको २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्ती मगर र एमालेले जीवन रोका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण