भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाको टोली घोषणा
सिड्नी । भारत र अस्ट्रेलियाबिच हुने बोर्डर–गावस्कर ट्रफीका लागि भारतीय टोलीको अस्ट्रेलिया भ्रमण नोभेम्बर २२ बाट सुरु हुँदैछ । अस्ट्रेलियाले यस ट्रफीको पहिलो टेस्ट खेलका लागि शनिबार १३ खेलाडीको टोली घोषणा गरेको छ ।
अस्ट्रेलियाले भारत विरुद्धको टेस्ट खेलका लागि दुई अनक्याप्ड (कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेल्ने) खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ । दुई टोलीबिचको पहिलो टेस्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनिङ ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ ।
यो शृङ्खला र विशेष गरी पहिलो खेल भारत र अस्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ। किनभने यो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अङ्कका लागि खेलिएको खेलमध्ये एक हो।
भारतीय टोली अस्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ। यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ०–३ ले गुमाएको थियो ।
यस्तो अवस्थामा अस्ट्रेलियामा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ ।
यस्तो छ अस्ट्रेलियाको टोली- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उस्मान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स क्यारी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्वीनी र मिचेल स्टार्क।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
-
१० बजे १० समाचार : कांग्रेसमा किचलोदेखि गोपाल हमाललाई मस्तिष्कघातसम्म