दुर्घटना
कालीकोटमा जीप दुर्घटना
आइतबार, २५ कात्तिक २०८१, १६ : ०५
काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ७ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै रातोपाटीलाई बताइन् । मृतकमध्ये एक जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।
आइतबार पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण