सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा विरोध प्रदर्शनसँगै मधेसमा भ्रष्टाचार विरोधी जागरण अभियान सञ्चालन गर्दै आजपा

आइतबार, २५ कात्तिक २०८१, २१ : २७
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउँदो १ मंसिरमा एकै दिन काठमाडौँमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान सुरु गर्दैछ । 

मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध यस्तो कार्यक्रम तय भएको आजपाको भनाइ छ । 

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँसहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए । 

‘सरकारलाई आम जनताको समस्या, चाहना के हो भन्नेबारेमा कनै चासो देखिएन । कुम्भकरण जस्तो सुतेको सरकारलाई आम जनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउन बाध्य भएका छन्’, थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ, कुशासन, अनियमितता बढ्दैछ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक संघर्षको विकल्प नै भएन ।’

आइतबार काठमाडौँस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ” भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

काठमाडौँको शान्तिवाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकार पिच्छे सरकारको अनावश्यक करले देशको व्यापार व्यवसाय बरबाद भइरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरु उठन आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जनाकारी दिए । 

यस्तै छठपर्व अघि वीरगन्जमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । त्यसमा पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेताकार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने बताइएको छ ।  

सप्तरीबाट सु? हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ ।

यस्तै  देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौँमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप