५० वर्ष अघिको हत्या आरोपमा पक्राउ परे ८४ वर्षीय वृद्ध, टोपीबाट पहिचान
वासिङ्टन । अमेरिकाको शिकागोमा ५० वर्ष अघि भएको हत्याका मुख्य अभियुक्तलाई स्थानीय प्रहरीले हालै नियन्त्रणमा लिएको छ । तत्कालीन समयमा प्रहरीले सोधपुछ गरेर पनि छाडेका व्यक्ति नै यतिबेला पक्राउ परेका हुन् । आरोपितले प्रहरीसमक्ष आरोप स्वीकार गरेको बताइएको छ ।
सन् १९७४ मा २५ वर्षीय मेरी स्क्लाइसको हत्या भएको थियो । आर्ट शोमा भाग लिनका लागि उनी विस्कन्सिनबाट शिकागो जाँदै गरेको अवस्थामा उनको हत्या भएको थियो । प्रहरीले उनको शव भएको स्थानबाट एउटा टोपी बरामद गरेको थियो । यद्यपि, हत्यारा पत्ता लगाउन प्रहरी त्यतिबेला असमर्थ भएको थियो ।
घटनास्थलबाट बरामद भएको टोपीमा रहेका केही कपाललाई प्रयोग गरी प्रहरीले न्यूजर्सीस्थित जेनेटिक जिनलोजी विभागलाई आरोपितको जेनेटिक प्रोफाइल तयार पार्न लगायो । सोही प्रोफाइल अनुसार डीएनए पत्ता लगाएर प्रहरीले फेरि हत्याराको खोजी सुरु गरेको थियो ।
सोही क्रममा डीएनए म्याच भएर एक महिला पक्राउ परिन् । ती महिला नै हत्यामा संलग्न व्यक्तिकी छोरी थिइन् । त्यसपछि प्रहरीले हत्यामा संलग्न मुख्य व्यक्ति जोन किथ मिलरलाई पक्राउ गर्यो । उनी ८४ वर्षका भए । उनी घटनालगत्तै पनि प्रहरीको फन्दामा परेका थिए ।
उनीसँग प्रहरीले त्यतिबेला सोधपुछसमेत गरेको थियो । तर उनले घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए भने प्रहरीसँग पनि कुनै ठोस प्रमाण थिएन ।
तर यतिबेला प्रमाणसहित प्रहरीले पक्राउ गरेपछि भने ती वृद्धले हत्याको आरोप स्वीकार गरेको प्रहरी स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पीडित महिलालाई आफूले लिफ्ट दिएको र बाटोमा जोरजबरजस्ती गर्न खोज्दा निजले प्रतिकार गरेपछि आफूले हत्या गरेको आरोपितको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा अबदेखि मार्कसिट सम्बन्धित क्याम्पसबाटै लिन सकिने
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच छलफल
-
भैरहवामा कतार एयरवेजको उडान स्थगित
-
‘माइतीघर’मा उपासनाको इन्ट्री
-
होटेललाई उद्योगको मान्यता दिन व्यवसायीहरूको माग
-
आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक : सभामुख घिमिरे