‘ककटेल २’ को प्रमोसनमा भागदौड
सारांश
- फिल्म 'ककटेल २' को प्रमोसन कार्यक्रममा प्रशंसकहरूको अत्यधिक भीडका कारण स्थिति अनियन्त्रित भई भागदौड मच्चिएको छ ।
- सोही भागदौडमा अभिनेत्री कृति सेननले सहअभिनेत्री रश्मिका मन्दानालाई सुरक्षित रूपमा बाहिर निकालेकी थिइन् ।
- सन् २०१२ को चर्चित फिल्म 'ककटेल' को सिक्वेल 'ककटेल २' आगामी जुन १९ देखि प्रदर्शनमा आउने तयारीमा छ ।
काठमाडाैँ । फिल्म ‘ककटेल २’ प्रदर्शनको तयारीमा छ । यसका मुख्य कलाकारहरू यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । यसै सिलसिलामा पुणेको एक मलमा आयोजित प्रमोसन कार्यक्रममा प्रशंसकहरूको अत्यधिक भीडका कारण त्यहाँ स्थिति अनियन्त्रित बनेको छ ।
सोही भागदौडमा अभिनेत्री कृति सेननले संयमता अपनाउँदै सहअभिनेत्री रश्मिका मन्दानालाई सुरक्षित रूपमा बाहिर निकालेकी थिइन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अभिनेता शाहिद कपुर, अभिनेत्री कृति सेनन र रश्मिका मन्दानासहित फिल्म युनिट कार्यक्रममा सहभागी थिए । भीड एक्कासि अनियन्त्रित भई सुरक्षाका लागि राखिएका ब्यारिकेडहरू नाघेपछि त्यहाँ केही समय भागदौड मच्चिएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आयोजकले कार्यक्रम बिचमै रोकेको थियो ।
भाइरल भिडियोमा भीडभाडका बिचबाट बाहिर निस्कन शाहिद कपुरले निकै सङ्घर्ष गरिरहेको देखिन्छ । सोही समयमा कृति सेननले रश्मिकालाई दह्रोसँग समातेर भीडको धक्काबाट जोगाउँदै सुरक्षित रूपमा बाहिर निकालेको देखिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कृतिको यस व्यवहारलाई ‘एक जिम्मेवार ठुली दिदी’ को भूमिका भन्दै प्रशंसा गरिरहेका छन् । कतिपय प्रयोगकर्ताले भने मलको सुरक्षा व्यवस्थापन फितलो भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
होमी अदजानियाको निर्देशनमा बनेको ‘ककटेल २’ सन् २०१२ मा प्रदर्शनमा आएको चर्चित फिल्म ‘ककटेल’ को सिक्वेल हो । प्रेमकथामा आधारित उक्त फिल्म आगामी जुन १९ देखि चलचित्र घरमा लाग्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण