बन्द प्रशिक्षण सञ्चालनका लागि कबड्डी खेलाडी छानिए
काठमाडौँ । मिसन–२०२६ (एसियाली खेलकुद) अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षण सञ्चालनका लागि अखिल नेपाल कबड्डी संघले मंगलबार १६ महिला र १६ जना पुरुष खेलाडीको नाम सार्वजनिक गरेको छ ।
पहिलो चरणको विशेष प्रशिक्षण मंसीर १ गतेदेखि काठमाडौँमा सञ्चालन हुने संघले जनाएको छ । विशेष प्रशिक्षणका लागि टोलीमा परेका पुरुष खेलाडीमा पदमबहादुर बिष्ट (सशस्त्र प्रहरी), गनेश पार्की (नेपाली सेना), सुशील चुनारा (सुदूरपश्चिम प्रदेश) र प्रकाश गिरी (सुदूरपश्चिम प्रदेश) रहेका छन् ।
पुरुषतर्फ साहिल अन्सारी (मधेश प्रदेश), मिराप थापा (कर्णाली प्रदेश), रोहित यादब (कोशी प्रदेश), सतिश कुर्मी (सशस्त्र प्रहरी), जितेन्द्र अवस्थी (नेपाल पुलिस), रोहन श्रेष्ठ (बागमती प्रदेश), ईसार खान (लुम्बिनी प्रदेश), विजय दमाई (सुदूरपश्चिम प्रदेश), आकाश भट्ट (सुदूरपश्चिम प्रदेश), नविन लोहार (सशस्त्र प्रहरी), शाहिल शेख (कोशी प्रदेश) र खगेन्द्र जोशी (सुदूरपश्चिम प्रदेश) रहेका छन् ।
पहिलो चरणको विशेष प्रशिक्षणका लागि टोलीमा परेका महिला खेलाडीमा मानमती बिष्ट (नेपाल पुलिस), गंगा घिमिरे (नेपाली सेना), रविना चौधरी (सशस्त्र प्रहरी), सुजना धानुक (सुदूरपश्चिम प्रदेश), सिमरन चौधरी (मधेश प्रदेश), आशिका नेपाली (गण्डकी प्रदेश), सुष्मा बादी (लुम्बिनी प्रदेश) र विनिता पण्डित क्षेत्री (कर्णाली प्रदेश) रहेका छन् ।
महिलातर्फ सञ्जु थामी (बागमती प्रदेश), युनिका राई (कोशी प्रदेश), सुजना थारु (सशस्त्र प्रहरी), आस्मा यादब (नेपाल पुलिस), सुजना सुनार (सुदूरपश्चिम प्रदेश), स्वष्तिमा श्रेष्ठ (नेपाली सेना), जलसा चौधरी (मधेश प्रदेश) र मनिषा जोशी (सुदूरपश्चिम प्रदेश) पनि टोलीमा परेका छन् ।
विशेष प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा सञ्चालन हुने जानकारी अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण