दोहोरो भूमिका दुई फिल्म जस्तो लाग्यो : विपिन कार्की
काठमाडौँ । अभिनेता विपिन कार्की अभिनीत ‘तेल भिसा’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित छन् । किनभने फिल्ममा उनले बाबु र छोराको गरी दोहोरो भूमिका निर्वाह गरेका छन् ।
काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पनि विपिनले फिल्ममा दोहोरो भूमिका भएकोले आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए । उनले दोहोरो चलचित्र अनुभव दुई फिल्म गरेजस्तो रहेको सुनाए ।
‘मलाई एउटा क्यारेक्टर गर्न नै एकदमै गाह्रो हुन्छ । दुईवटा क्यारेक्टरमा दुईटाजस्तो देखिन र त्यसमा विश्वास दिलाउनका लागि मिहिनेत त पर्छ नै’, उनले भने, ‘काम गर्दैजादा सजिलो भएपनि दोहोरो चरित्रले गर्दा दुईवटा फिल्म गरेजस्तो चाहिँ हुँदोरहेछ ।’ उनले फिल्ममा एउटा पार्ट अमेरिका अनि अर्को नेपालको रहेको खुलाए ।
दोहोरो भूमिका दोहोरो पारिश्रमिक त होलानी ? उनलाई मिडियाको प्रश्न थियो । जवाफमा उनले दुईवटा चरित्र गर्ने कुरा फिल्ममा अनुबन्धित भइसकेपछि भएको बताए ।’
फिल्मकी अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरे विपिन एक करोड पारिश्रमिकका लागि पनि योग्य रहेको बताइन् । ‘उहाँ अफस्क्रिन र अनस्क्रिन दुवैमा साह्रै सहज हुनुहुन्छ । हाम्रो अमेरिकाको सेड्युल ‘टफ’ थियो । उहाँले स्टारडमअनुसार व्यवहार गर्नुभएको भए हामीलाई गाह्रो हुन्थ्यो’, घिमिरेले भनिन् ‘उहाँ अभिनय र व्यवहारको हिसाबले ५० लाख मात्र होइन, एक करोड डिजर्भ गर्नुहुन्छ ।’
कार्यक्रममा अभिनेत्री वर्षा राउतले फिल्म अभिनय अनुभव सबैसँग साटिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण