हवाई भाडामा भएको लुटको अन्त्य हुनुपर्छः अध्यक्ष साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको आरोप लगाएका छन् । हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुक पेजमा साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ्दैछ । सरकारको गैरजिम्मेवार भूमिकाले सिङ्गै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ ।’
अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा उल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाए । कमिसनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज विदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन् ।
‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला । राज्य नियन्त्रित सिन्डिकेट र सरकारमा भएकाहरूकै हालीमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ । अहिले हवाई भाडदार दोब्बर तेब्बर बनाइएको समाचार छन् । नेपाली श्रमिकहरू हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठुलो मारमा परेका छन् । तर, यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन’ साहले भने ।
त्रिभुवन ईन्टरनेश्नल एयरपोर्टको स्तरोन्नतिको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरू र विदेशी पर्यटकहरूमाथि हवाई भाडा बढाएर लुट्ने काम भइराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाए ।
उनले हवाई क्षेत्रको लुट हटाउने विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । हवाई भाडदर महँगो बनाउने एयरलाईन्सहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आजपा अध्यक्ष साहले पछिल्लो समय हवाई भाडा नियन्त्रणको लागि सरोकारवाला निकायबिच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण