प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी
बिहीबार, २९ कात्तिक २०८१, १५ : ०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएका नेताहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने समयबारे छलफल गरेकाे रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । रविलाई पोखरामा बयान गराएर मंगलबार रुपन्देही ल्याइएको थियो । रविमाथि सरकारले गरिरहेको क्रियाकलापलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण