चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु
चितवन । नेपाल चिकित्सक सङ्घ (एनएमए) केन्द्रीय समितिको आयोजनामा आजदेखि चितवनको भरतपुरमा प्रथम एनएमए स्पोर्टस फेस्ट सुरु भएको छ ।
प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले चिकित्सकहरूले व्यस्त जीवनशैलीका बाबजुद पनि स्वस्थ बन्नका निम्ति खेलकुद अत्यावश्यकीय हो भन्ने कुरा महसुस गर्दै कार्यक्रम आयोजना गरिएकामा धन्यवाद व्यक्त गरिन् ।
उनले भरतपुर भ्रमण वर्ष २०२४ आगामी डिसेम्बरमा सम्पन्न हुने बताउँदै भ्रमण वर्षका अवसरमा विभिन्न खेलकुदका गतिविधिहरु गरेको चर्चा गरिन् । भरतपुर महानगरपालिकामा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको सहयोगमा धमाधम निर्माण भइरहेको भन्दै प्रमुख दाहालले निर्माण सम्पन्न भएपछि ठूलो उल्लासमय ढङ्गबाट देशैभरिबाट खेलाडीहरू ल्याउनका लागि महानगरपालिकाले सक्रिय भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सङ्घ विसं २००७ मा स्थापित नेपालको पुरानो संस्था भएको चर्चा गर्दै चिकित्सकहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर नयाँ कामको थालनी गरेको बताए । पहिलो पटक यस्तो प्रकारको खेल कार्यक्रम आयोजना गरिएको बताउँदै अध्यक्ष डा कार्कीले आगामी दिनमा निरन्तरता दिने बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले खेलले स्वास्थ्य मात्र नभएर धैर्यता, भ्रातृत्व जस्ता धेरै कुरा सिकाउने बताए। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले चिकित्सकहरूको व्यस्त जीवनमा समय मिलाउन उत्तिकै चुनौतीपूर्ण हुने अवस्थामा यस्तो कार्यक्रम हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपालले स्वागत गर्दै मेडिकल क्षेत्र र खेलकुदको धेरै पुरानो सम्बन्ध रहेको बताए ।
सङ्घका महासचिव डा सञ्जीव तिवारी सञ्चालन गर्नुभएको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । महासचिव डा तिवारीका अनुसार शनिबारसम्म हुने प्रतियोगितामा क्रिक्सल, फुट्सल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने हुनेछन् । प्रतियोगितामा विभिन्न अस्पतालबाट समूहगत तथा व्यक्तिगत रुपमा चिकित्सक, स्वास्थ्यकर्मीहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्त बजार र अर्थतन्त्रमा प्रदेश बजेटले के परिवर्तन ल्याउला ?
-
मुख्य राजमार्गको अवस्था : कतै पहिरो, कतै मर्मतले सडक अवरुद्ध
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण