बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति

बुधबार, १० असार २०८३, ०२ : ०८
बुधबार, १० असार २०८३

सारांश

  • भोटखोलामा पहिरोले लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
  • बाढीले आयोजनाको इन्टेक, पाइप र अन्य सामग्री बगाएको छ।
  • यस्तै मकालु गाउँपालिकामा पनि पुल र घट्टमा क्षति पुगेको छ।

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको मुहान इन्टेक पूर्णरूपमा क्षति हुँदा विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ ।

बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको इन्टेक, ९० मिटर पाइप र ग्याविन वाल, तार जाली बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । पहिरोका कारण विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ । त्यसैगरी पहिरोका कारण मकालु गाउँपालिका–१ मा पहिरोका कारण झोलुङ्गे पुल, काठेपुल र पानी घट्टामा क्षति पुगेको मकालु–१ का वडाध्यक्ष आङबाबु शेर्पाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप