विद्यार्थीको अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न अध्यक्ष साहको आग्रह
सोमबार, ०३ मङ्सिर २०८१, ०६ : २९
सप्तरी । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार र सङ्घीय सरकारलाई विद्यार्थीको अनुपातमा तत्काल शिक्षक व्यवस्थाका लागि आग्रह गरे ।
अध्यक्ष साहले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, बैदेशिक रोजगारमा ठगीलगायत विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए ।
आफू माओवादी र एमालेमा रहँदा उच्च पद र ठूलो हैसियत पाए पनि ती पार्टीको कार्यशैलीका कारण देश र जनताका समस्या समाधान हुन नसक्ने ठानेर छुट्टै अभियानमा लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण