अमेरिकालाई हायल–कायल पार्न सक्ने नयाँ चिनियाँ हतियार
चीनको जीडीएफ– ६०० नामक चिनियाँ हाइपरसोनिक हतियारले सम्भावित युद्धलाई उलटपुलट गर्ने क्षमता राख्छ । यसको तीव्र गति, एकैपटक धेरै लक्ष्यमा प्रहार गर्न सक्ने र इलेक्ट्रोनिक आक्रमण क्षमताले ताइवान तथा अमेरिकी सैन्य बललाई प्रशान्त महासागर क्षेत्रमा गम्भीर चुनौती खडा गरेको छ ।
यो महिना ‘द वार जोन’ मा आएको रिपोर्ट अनुसार चीनले पछिल्लो समय भएको हवाई प्रदर्शनी ‘जुहाई एयर सो’ मा ‘कुवाङतोङ एरोडाइनामिक रिसर्च एकेडेमी’ले परिकल्पना गरेको ‘अनपावर्ड हाइपरसोनिक बुस्ट–ग्लाइड’ हतियारको अवधारणा सार्वजनिक गरेको छ ।
आवाजको गतिभन्दा धेरै छिटो उड्ने यो हाइपरसोनिक वाहन विविध हतियार, हतियारका पुर्जा, सुपरसोनिक मिसाइल, ड्रोन र विविध मिसाइल एकसाथ बोकेर माख–७ (आवाजको गति भन्दा सात गुणाभन्दा बढी) को गतिमा दुई सयदेखि ६ सय किलोमिटरको दूरी पार गर्न सक्छ ।
उक्त रिपोर्ट अनुसार जीडीएफ–६०० ले उडानकै दौरान यसमा राखिएका हतियार तथा मेसिनलाई बिच बाटोमै झिक्न मिल्ने सुविधा उपलब्ध गराउँछ । यस्तो सुविधाले अपरेसनमा विविधता दिने मात्रै नभएर हतियार आक्रमण, इलेक्ट्रोनिक युद्ध र विभिन्न निशानाको सूचना संकलनमा पनि सहज बनाउँछ ।
चीनले यो हतियार सम्भावित ताइवान आक्रमणको समयमा त्यसका सञ्चार संरचनाहरू सहजै ध्वस्त पार्न प्रयोग गर्न सक्छ । यस्तो आकस्मिक आक्रमणले ताइवानको नेतृत्व पंक्तिमा ठुलो मनोवैज्ञानिक धक्का सिर्जना गरेर आत्मसमर्पणको दबाब समेत सिर्जना गर्न सक्छ ।
यद्यपि ‘द वार जोनको रिपोर्टले हाइपरसोनिक गतिमा यस वाहनमा आवश्यक सामग्री राख्न अझै प्राविधिक चुनौती बाँकी नै रहेको उल्लेख गरेको छ । अमेरिकी सेनाले यस्तै प्रकृतिको प्रणाली बनाउन सकस परिरहेको समयमा चीनले हाइपर सोनिक प्रविधिमा निरन्तर गरिरहेको लगानीलाई रिपोर्टले प्राथमिकता साथ उल्लेख गरेको छ ।
रिपोर्ट अनुसार जीडीएफ–६०० व्यावहारिक रूपमा प्रयोग हुन सक्ने अवस्थामा आयो भने यसले चीनको हाइपरसोनिक हतियार भण्डारलाई उल्लेखनीय रूपमा बलियो बनाइदिन्छ । फलतः चीनले ताइवान स्ट्रेट र दक्षिण चीन सागरमा मार हान्न सक्ने क्षमतामा व्यापक वृद्धि गर्छ ।
इलेक्ट्रोनिक युद्धका हतियारलाई उच्च क्षमताको तौलभारसँग जोड्न सक्दा दुश्मनको सञ्चार प्रणाली र राडारलाई झुक्याउन सक्ने क्षमता विकास हुन्छ । यसले प्रतिरक्षाको प्रणालीलाई अप्ठेरो बनाइदिन्छ । उडानको बिचमै एलेक्ट्रोनिक हतियार प्रयोग गर्न मिल्ने हुँदा रणनीतिक निशानालाई प्रभावकारी रूपमा निष्क्रिय पार्ने क्षमता बढाइदिन्छ ।
जीडीएफ–६०० मा तैनाथ गर्न सकिने इलेक्ट्रोनिक युद्धका हतियार धेरै प्रकारका छन् । अमेरिकाको राष्ट्रिय तथा आन्तरिक सुरक्षाबारे ईएमपी टास्क फोर्सको रिपोर्ट–२०२१ ले गैर–न्युक्लियर इलेक्ट्रोम्याग्नेटिक पल्स हतियारहरू वा रेडियो–फ्रिक्वेन्सी हतियारहरू सहज रूपमा पहुँचयोग्य हुन सक्ने बताएको थियो ।
रिपोर्टले सस्तो र व्यावसायिक रूपमा उपलब्ध कम्पोनेन्टहरू प्रयोग गरेर निर्माण गर्न सकिने, तिनीहरूलाई राज्य र गैरराज्य पक्षले प्रयोग गर्न सक्ने समेत उल्लेख गरेको थियो ।
रिपोर्ट अनुसार यी हतियार सुटकेसमा राख्न सकिने, ड्रोनमा राख्न सकिने तथा ट्रकमा लोड गर्न मिल्नेसम्मका पनि हुन्छन् । यस्ता हतियार महत्त्वपूर्ण संरचना ध्वस्त पार्न र लामो समयसम्म विद्युत् सेवा अवरुद्ध गर्न प्रयोग हुन सक्छन् ।
एउटै एनएनईएमपी हतियारको आक्रमणले सय हाराहारीका ट्रान्सफर्मर सबस्टेसनमा आक्रमण गरेर देशव्यापी रूपमा विद्युत् सम्पर्कविच्छेद गराउन सक्छन् । सर्वसाधारणले उपयोग गर्ने ग्रिडको विद्युत्मा भर पर्ने सैन्य बेसहरूमा प्रभाव पार्न सक्छन् ।
रुस, चीन, उत्तर कोरिया र इरान जस्ता मुलुकले सक्रियतापूर्वक यस्ता एनएनईएमपीको विकास गरिरहेको रिपोर्टले उल्लेख गरेको छ । केही देशले त अझ ड्रोन तथा मालवाहकमा यसलाई जडान गर्ने गरेको पनि उल्लेख छ ।
रिपोर्ट अनुसार सहजै प्राप्त हुने तथा थोरै जनशक्तिले पनि हतियार लोड गर्न सकिने सहजताका कारण यो हतियारले अमेरिकी पूर्वाधारहरूमा खतराको स्तर धेरै बढाइदिएको छ । विद्युत् प्रणाली ध्वस्त बनाएर चौतर्फी अन्योल पार्न सक्ने अवस्थामा यसले थप सार्वजनिक तथा सैन्य प्रणालीमा आक्रमण गरेर अस्तव्यस्त बनाउने क्षमता राख्छ ।
जेम्स एन्डर्सनका अनुसार चीनले यो हतियार सम्भावित ताइवान आक्रमणको समयमा त्यसका सञ्चार संरचनाहरू सहजै ध्वस्त पार्न प्रयोग गर्न सक्छ । यस्तो आकस्मिक आक्रमणले ताइवानको नेतृत्व पंक्तिमा ठुलो मनोवैज्ञानिक धक्का सिर्जना गरेर आत्मसमर्पणको दबाब समेत सिर्जना गर्न सक्छ ।
(एसिया टाइम्सबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने
-
एक्सपेंग मोटर्स अब पोखरामा
-
एनप्याब्सन खेलकुद सप्ताह शुक्रबारदेखि
-
अजिरकोट गाउँपालिकाका विद्यालयमा माओवादी जनयुद्धबारे पाठ्यसामग्री समावेश
-
गढीमाई मन्दिरमा लाग्ने मेलाको अवस्थाबारे गृहमन्त्री लेखकलाई दुई जिल्लाका सिडिओको ‘ब्रिफिङ’
-
प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपाललाई के फाइदा भयो ?