लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !

रियो द जेनरियो । अमेरिकी पप सुपरस्टार लेडी गागाको फ्री कन्सर्ट हेर्न दर्शकको थेगिनसक्नुको भिड लागेको छ । ब्राजिलको रियो द जेनरियोको कोपाकाबाना तटमा शनिबार गागाको ‘फ्री कन्सर्ट’ भएको थियो । कन्सर्ट हेर्न भनेर शनिबार बिहानदेखि नै तटमा दर्शकको घुइँचो लागेको समाचारमा उल्लेख छ ।
आयोजकहरूका अनुसार कन्सर्टमा झन्डै २१ लाख मानिस आएका थिए । एक वर्षअघि भएको म्याडोनाको कन्सर्टमा भन्दा धेरै मानिस आएको समाचारमा उल्लेख छ ।
यस पटक सडक निकै भिडभाडयुक्त भएको आफूलाई महसुस भएको एक फ्यानले बताए । म्याडोनाले पनि गएको वर्ष ब्राजिलमा फ्री कन्सर्ट गरेकी थिइन् । गागाको कन्सर्टमा उनका कयौँ फ्यानहरू गायिकाले केही चर्चित गीतमा उनले लगाएको पहिरनमा आएका थिए ।
आफ्नो नयाँ एल्बम मेहेम प्रमोट गर्न गागा विश्वभर टुरमा निस्किएकी छिन् । ब्राजिलको यो कन्सर्ट पनि यसैको हिस्सा हो । गएको हप्ता गागाले मेक्सिको सिटीमा कन्सर्ट गरेकी थिइन् ।
कापाकाबानामा कन्सर्टको अघिल्लो रात नै गागाले त्यहाँ रिहर्सल गरेकी थिइन् । गागाले २०१२ मा पनि ब्राजिलमा कन्सर्ट गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)