लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
रियो द जेनरियो । अमेरिकी पप सुपरस्टार लेडी गागाको फ्री कन्सर्ट हेर्न दर्शकको थेगिनसक्नुको भिड लागेको छ । ब्राजिलको रियो द जेनरियोको कोपाकाबाना तटमा शनिबार गागाको ‘फ्री कन्सर्ट’ भएको थियो । कन्सर्ट हेर्न भनेर शनिबार बिहानदेखि नै तटमा दर्शकको घुइँचो लागेको समाचारमा उल्लेख छ ।
आयोजकहरूका अनुसार कन्सर्टमा झन्डै २१ लाख मानिस आएका थिए । एक वर्षअघि भएको म्याडोनाको कन्सर्टमा भन्दा धेरै मानिस आएको समाचारमा उल्लेख छ ।
यस पटक सडक निकै भिडभाडयुक्त भएको आफूलाई महसुस भएको एक फ्यानले बताए । म्याडोनाले पनि गएको वर्ष ब्राजिलमा फ्री कन्सर्ट गरेकी थिइन् । गागाको कन्सर्टमा उनका कयौँ फ्यानहरू गायिकाले केही चर्चित गीतमा उनले लगाएको पहिरनमा आएका थिए ।
आफ्नो नयाँ एल्बम मेहेम प्रमोट गर्न गागा विश्वभर टुरमा निस्किएकी छिन् । ब्राजिलको यो कन्सर्ट पनि यसैको हिस्सा हो । गएको हप्ता गागाले मेक्सिको सिटीमा कन्सर्ट गरेकी थिइन् ।
कापाकाबानामा कन्सर्टको अघिल्लो रात नै गागाले त्यहाँ रिहर्सल गरेकी थिइन् । गागाले २०१२ मा पनि ब्राजिलमा कन्सर्ट गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण