निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
आइतबार, २१ वैशाख २०८२, १५ : १४

काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद् भवनको अनुगमन गरेको छ ।
आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अनुगमन गरेको हो । निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरु थिए ।
मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताए । उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए ।
समितिले नयाँ बन्ने संसद भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने