निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
आइतबार, २१ वैशाख २०८२, १५ : १४
काठमाडौँ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद् भवनको अनुगमन गरेको छ ।
आइतबार संसदीय समितिले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अनुगमन गरेको हो । निरीक्षणका क्रममा समिति सभापति ठाकुर गैरेसहितका समितिका सदस्यहरु थिए ।
मन्त्रालयले २ सय दिनभित्र निर्माण सक्न पनि तीन चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको सभापति गैरेले बताए । मन्त्रालयले नियमित अनुगमन नगर्ने हो भने समयमै काम सकिन कठिन रहेको बताए । उनले अब थपिने म्यादभित्र काम सक्न निर्देशन दिए ।
समितिले नयाँ बन्ने संसद भवनको काम सम्पन्न गर्न अब म्याद थप गर्दा सम्बन्धित मन्त्रीले समितिमा उपस्थित भएर कारण उपलब्ध गराउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण