आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर

आइतबार, २१ वैशाख २०८२, १५ : ०५
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधि सभा सांसद विरबहादुर बलायरले राजमार्गमा छाडा छाडिएका पशु चौपायाको मलमुत्रले पक्की सडक चाँडै भत्किने गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी समितिमा बोल्दै सांसद बलायरले उक्त पशुहरूको कारण सडक भत्किनुकासाथै दुर्घटना समेत बढेको बताए ।

साथै ती पशु चौपाया सङ्कलन गरी व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न सकिन र रासायनिक मल आयात प्रतिस्थापन गर्न सकिने बताएका छन् । 

‘राजमार्गमा छाडा चौपायाको गोबर र गहुँतले पीच रोड यति छिटो भत्किँदो रहेछ । रोड  भत्किसक्यो पशुहरू मरेर कुहिने र दुर्गन्धित हुने,’ उनले भने,‘ तीनको सङ्कलन गरी व्यवसायीक रूपमा प्राङ्गारिक मल बनाउन तर्फ लागौँ । धेरै उपाय छन् ठुलो रकम खर्चेर रासायनिक मल किन्नुको सट्टा आफ्नै देशमा रोजगारी सिर्जना पनि हुने र पूर्ण रूपमा छाडा वस्तुहरू हटाउन सकिन्छ । जसले सडक दुर्घटना पनि कम हुन्छ । र स्वस्थकर खाद्यान्न पनि खान पाइनछ ।’ 

रासायनिक मलको कारखाना होइन रासायनिक मलमुक्त देश बनाउनेतर्फ लागे विदेशीले नेपाली उत्पादन ढुक्कसँग खानुभएकाले आर्थिक आम्दानी बढाउन सकिने बताए । 

साथै उनले सधैँ सरकार रासायनिक मलको विषयमा बदनाम हुने गरेको बताउँदै आगामी वर्ष मल आयात घटाउनसमेत माग गरे । रासायनिक मल खरिद गर्ने कुरा सबै ठाउँमा झगडा मात्र भएको छ । जहिल्यै मलको विषय कृषि मन्त्रालय बदनाम हुने गरेको छ ,’ उनले भने,‘ठुलो परिमाणमा मल ल्याउनु हुँदैन । वार्षिक ३० अर्बको रासायनिक मल आयात गरिन्छ । यो वर्ष २० अर्बको मल आयात गरौँ ।’ 

वन जङ्गलबाट प्राप्त हुने पतकरबाट र अ पशु चौपायाबाट प्राङ्गारिक मल उत्पादन गर्न जोड दिनुपर्ने उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप