बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यी तीन चिजको सेवनले पुर्‍याउँछ मस्तिष्कमा क्षति

आइतबार, २१ वैशाख २०८२, १५ : १८
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । राम्रो खानापान शरीरको लागि मात्र होइन, दिमागको लागि समेत महत्त्वपूर्ण छ । यसले शरीर तन्दुरुस्त रहन्छ र मन पनि सबै चिन्ताबाट मुक्त हुन्छ । कयौँ अनुसन्धानहरूले पनि यस्तै दाबी गर्छन् ।

 मस्तिष्कको स्वास्थ्यको लागि केही कुराहरू कहिले पनि छुनु हुँदैन भन्ने सुझाव दिने केही अध्ययनहरू पनि भएका छन् । स्नायु वैज्ञानिकहरूका अनुसार खराब स्वास्थ्य बानीले संज्ञानात्मक कार्यमा नकारात्मक प्रभाव पार्छ र बिस्तारै डिमेन्सियाको जोखिम बढ्छ ।

 यी विभिन्न अध्ययनहरूको आधारमा, आजको यस लेखमा हामी तपाईँलाई तीन वटा यस्ता कुरा वा बानीहरूबारे बत्ताउनेछौँ जुन अपनाउन सके डिमेन्सियाको जोखिम कम गर्न सकिन्छ । 

  • यूपीएफ अर्थात् अल्ट्रा–प्रशोधित खानेकुरा 

यस्ता खानेकुरामा चिनी, नुन, कृत्रिम तत्त्व र अनस्याचेरेटेड फ्याटको मात्रा उच्च हुन्छ । यी सुविधाजनक अनि प्याकेजमा आउने यस्ता खानेकुराले मस्तिष्क सहित सम्पूर्ण शरीरमा इनफ्लेमेशन निम्त्याउँछ । यूपीएफले खतरनाक परिणामहरू निम्त्याउन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानले शरीरमा यूपीएफको नकारात्मक प्रभाव प्रमाणित गरेको छ । 

यसमा मुटु रोग, क्यान्सर, मेटाबोलिक सिन्ड्रोम, मोटोपना, गैर(अल्कोहलयुक्त फ्याटी लिभर रोग, टाइप २ मधुमेह, र अकाल मृत्युको बढ्दो जोखिम समावेश छ । तपाईंले दैनिक १० प्रतिशत प्रशोधित खाना पनि खानुहुन्छ भने, डिमेन्सियाको जोखिम २५ प्रतिशतले बढ्छ भनेर २०२२ मा न्यूरोलोजीमा प्रकाशित एक अध्ययनले देखाएको छ । 

  • धेरै तताउनु हुन्न खानेकुरा 

खानालाई उच्च तापक्रममा ग्रिलिङ, फ्राइङ वा ब्रोइलिङ गरेर पकाइन्छ, यसले उन्नत ग्लाइकेसन एन्ड–प्रोडक्ट्स (एजीआई) सिर्जना गर्छ र यसले मस्तिष्कमा अक्सिडेटिभ तनाव र इन्फ्लेमेशन निम्त्याउँछ । यो सिधै एमाइलोइड प्लाकहरूसँग सम्बन्धित छ। यो त्यही प्रोटिन हो जो अल्जाइमर रोगमा मस्तिष्कमा बन्दछ । त्यसैले उच्च तापक्रममा नभएर खानालाई सकेसम्म धेरै बाफमा पकाउन सल्लाह दिइन्छ । 

  • कृत्रिम चिनी 

चिनीको विकल्पको रूपमा प्रयोग गरिने स्वीटनरहरू स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छन् । यसलाई शून्य क्यालोरी विकल्प त भनिन्छ । तर हालैका अध्ययनहरूले केही कृत्रिम गुलियो पदार्थहरूले आन्द्राको ब्याक्टेरियालाई इन्फ्लेमेशन बढाउने तरिकाले परिवर्तन गर्न सक्ने देखाएको छ । यसले संज्ञानात्मक कार्यलाई असर गर्न सक्छ अनि सम्भावित रूपमा न्यूरोडिजेनेरेटिभ विकारहरूको जोखिम पनि बढाउन सक्छ । कम क्यालोरी भएको स्वीटनर एस्पार्टेमले स्मरणशक्ति र सिकाइलाई कमजोर बनाउने देखाएको छ । कृत्रिम स्वीटनरको लामो समयसम्म प्रयोगले स्ट्रोक, मुटु रोग र अकाल मृत्युको जोखिम बढाउन सक्ने अन्य अध्ययनहरूले देखाएका छन् । 

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप