रोबोटले गर्यो रोबोटकै अपहरण
बेइजिङ । दिनहुँ हामीले अपहरणका घटनाहरू सुनेका वा पढेका छौँ । तर चीनमा भने अनौठा घटना घटेको छ ।
घटना शाङहाईमा रोबोटिक्स कम्पनीको शो रुममा अगष्टमा घटेको हो । तर यो भिडियो अहिले सार्वजनिक गरिएको छ । शोरुमको सर्भिलियन्स क्यामरामा कैद फुटेजमा रातिको समयमा साना रोबोटहरू बिस्तारै अगाडि गइरहेको देखिन्छ ।
यसै क्रममा बाटामा ठुला रोबोटसँग उसको भेट हुन्छ । साना रोबोटले ठुलो रोबोटलाई ओभरटाइम गरिरहेको हो भनेर सोध्छ । ठुलो रोबोटले आफूले कहिले बिदा नपाउने कुरा भन्छ । घर जान लागेको हो भनेर सोधेपछि उसले आफ्नो घर छैन भन्ने जवाफ दिन्छ । त्यसपछि सानो रोबोटले मसँग घर आउँ भनेर बोलाउँछ । दुई ठुला रोबोट साना रोबोटलाई पछ्याउँछन् र शोरुमबाहिर निस्कन्छन् ।
अर्को कम्पनीको रोबोटले आफ्नो रोबोट अपहरण गरेको शोरुमले भनेको छ । टिकटकको चिनियाँ संस्करण दोउयिनमा यो भिडियो भाइरल भइरहेको छ । केहीले यसलाई अद्भुत भनेका छन् । केहीले चाँहि यो कपोकल्पित हुन सक्ने आशंका गरेका छन् । रोबोट अपहरणमा परेको कम्पनीले भने यसलाई वास्तविक बताएको छ ।
रोबोट निर्माता कम्पनी हाङचाउका एक प्रवक्ताले भिडियोमा देखाइएको सानो रोबोट आफ्नो मोडल भएको र अपहरण वास्तविक भएको भनेका थिए । यसको थप विवरण पछि सार्वजनिक गरिने भनिएको थियो । यो रोबोटले अन्य रोबोटको आन्तरिक सञ्चालन प्रोटोकल र अनुमतिमा पहुँच बनाउन सक्ने बताइएको छ । तर रोबोट आफैँले कुराकानी सुरु गरेर अरूलाई अपहरण गर्न चाँहि असम्भव भएको परीक्षणको रूपमा यसो गरिएको कम्पनीको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
-
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो प्रस्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण