शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नौ महिनादेखि तलब नपाएको कर्मचारीको गुनासो

सोमबार, ०७ जेठ २०७५, १२ : ५०
सोमबार, ०७ जेठ २०७५

रुकुम– रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ । गत असोजमा वडाध्यक्षको सहयोगी रहने र वडा कार्यालयमा लेखापढी ९अन्य कामकाज० गर्ने गरी यहाँका १४ वडामा एक–एकजना सहयोगी नियुक्ति गरिएको थियो । 

उक्त गाउँपालिकाका लेखापाल शिवराम खड्काले आफू बिरामी भएर जिल्ला बाहिर भएको र उनीहरूको नियुक्ति पनि प्रकृयागत ढङ्ले नभएको गुनासो आएकाले तलब दिन कठिनाइ भएको बताए । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले उनीहरूलाई तलब खुवाउन आनाकानी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । आफूलाई दैनिक रु ७५९ दिने सहमति भए पनि हालसम्म कुनै रकम नपाएको अध्यक्षका स्वकीय सचिव उज्ज्वल सेनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप