एनआरएन अस्ट्रेलियाको ‘नेपाल महोत्सव’ तयारी अन्तिम चरणमा
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले दुई वर्षमा गर्दै आएको नेपाल महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर २३ शनिबार हुने नेपाल महोत्सवको तयारी पुरा भएको हो ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रमहरू गरिने एनआरएन अस्ट्रेलियाले जनाएको छ ।
महोत्सवमा अस्ट्रेलियास्थित विविध पर्यटन र पर्यावरण व्यवसायीहरूको स्टल राखिनेछ । यस्तै नेपाली खानाका परिकारसहित दुई दर्जनभन्दा बढी छुट्टाछुट्टै खानाका स्टल राखिने एनआरएन अष्ट्रेलियाको एनएसडब्लु राज्य समितिले जनाएको छ ।
कार्यक्रमको प्रचारप्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट, वाथ हर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ्ग हार्वरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झण्डा फहराइने छ ।
विशेषतः नेपाल हाउसमार्फत समग्र नेपालको भौगोलिक परिचय (तराई, पहाड, हिमाल)लाई प्रस्तुत गर्ने गरी नेपाल र नेपालीसँग सम्बन्धित विभिन्न पर्यटकीयस्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेषभुषा, कला, कृति, भाषा साहित्य एवं राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ । अस्ट्रेलियास्थित नेपाली व्यवसायीहरूको विशेष व्यावसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरूसमेत राखिने भएको छ ।
यस्तै नेपाल र अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष भइसकेको र नेपाली विद्यार्थी, पेसागत रोजगारहरू, दक्ष जनशक्तिको अस्ट्रेलिया आगमन बढी रहेको छ । यसैगरी औपचारिक कार्यक्रम मार्फत नेपाल र अस्ट्रेलियाबिचको राजनीतिक, कूटनीतिक सम्बन्ध अझ मजबुत र विकासशील राख्न टेवा पुर्याउने हिसाबले अस्ट्रेलिया सरकारका प्रतिनिधि तथा राजनीति दलका नेताहरूको विशेष सम्बोधन रहने जनाइएको छ । यस्तै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्डको साथै क्यानवेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूतावासबाट प्रतिनिधिको उपस्थिति रहनेछ । त्यसैगरी बहुसान्स्कृतिक सम्बन्ध वृद्धि गर्ने उद्देश्यका साथ अन्य देशका दूतावासबाट पाकिस्तान, भारतलगायतका देशबाट पनि सहभागिता रहने एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए ।
कार्यक्रम सुरु हुनु अगाडि शनिबार बिहान विशेष परेड र झाँकीमार्फत नेपालको बहुसंस्कृति कलासंस्कृति झल्काउने गरी बाजागाजासहित शान्ति पद यात्रामार्फत सहर परिक्रमा गरी महोत्सवको सुरुवात गरिने बताइएको छ ।
यस्तै रास्ट्रियस्तरका लोक, पप, रक स्टार एवं नेपाली चलचित्रका स्थापित कलाकारहरूको कलाकारिताको प्रदर्शन गरिने छ । कार्यक्रम नेपालबाट आएका द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहने छ । स्थानीय कलाकारहरूको विविध सांगीतिक कार्यक्रम समेटिने छ । साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देव र विलियमको अर्धशतक, अन्य ब्याटर नचल्दा १ सय ३३ रनमा रोकियो कर्णाली
-
केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
-
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : कोइराला
-
विराटनगरविरुद्ध बोसिस्टोको अर्धशतक
-
दरबारमार्गमा खुल्यो नयाँ क्लब
-
पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने