स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे चार दिन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मङ्सिर ९ देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो ।
फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलन काठमाडौँ आयोजना गर्न हुन लागेको हो । सो सम्मेलनकाने नारा ‘म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च’ रहेको छ ।
सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्त्वपूर्ण उपस्थिति रहने छ । अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुबिच गहन छलफल, बहस तथा प्रस्तुतीकरण हुनेछ । करिब ६ सय जनाको स्वदेशी तथा विदेशी विज्ञहरूको भौतिक उपस्थिति रहने परिषद्ले जनाएको छ । सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरू प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरूले भर्चुअल सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण