लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
काठमाडौँ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।
उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै गैरसरकारी सङ्घसस्थासँग सहकार्य गरेर माइतीघर मण्डलादेखि भृकुटीमण्डपसम्म र्याली आयोजना गर्न लागेको छ । मङ्सिर १० गतेदेखि सुरु हुन लागेको अभियानका लागि मन्त्रालयले विगतमा जस्तै चेतनामूलक कार्यक्रममा जोड दिएको मन्त्रालयका लैङ्गिक हिंसा निवारण सम्पर्क व्यक्ति ममता विष्टले बताइन् ।
विष्टका अनुसार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउनको लागि रु १० लाख बजेट छुट्टाइएको छ । मन्त्रालयले प्रदेशमा भएका विभिन्न सांसदसँग हिंसाविरुद्धको जनचेतनामूलक अभियानमाथि छलफल गर्ने, सम्बन्धित सङ्घसंस्थासँग अभियानमा सहकार्य गर्ने, शिक्षा मन्त्रालयमार्फत विद्यालयमा हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको उनले जानकारी दिइन् ।
“जनचेतना अभिवृद्धि गर्ने बुक लेट निकाल्ने कार्यसमेत हुँदैछ”, विष्टले भनिन्, “यो हिंसाविरुद्धको अभियान हो । त्यसैले हरेक दिन केही न केही जनचेतनामूलक कार्य गरिरहने तालिका छ ।” उनले विगतमा जस्तै अभियानकै रुपमा मन्त्रालयले १६ दिने कार्यक्रम निरन्तरता दिइहरेकोछ बताइन् ।
महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण