भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको घटनामा चालकलाई ज्यान मार्ने उद्योग मुद्दा चलाइएको छ ।
लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।
३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।
भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
मस्टाङका चालक तामाङले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२ः३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।
सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङको एक मात्र कार (सवारी साधन)संलग्न थियो। यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।
तामाङलाई अधिकारीहरूले कारागार पुर्याउनु अघि अस्पताल लागेका थिए । दुर्घटनामा उनलाई के कति चोटपटक लागेको हो भन्ने बताइएको छैन । तेस्रो यात्रु पनि घाइते भएको तर अधिकारीहरूले उनको चोटबारे थप विवरण दिई नसकेको एनबिसीवाशिंगटनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण