सात लाख बढीको भन्सार छलीको समान बरामद
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनगढी गोदावरी नगरपालिका–४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा बरामद गरिएको छ भने भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका-९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ । उक्त समानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो : ओली
-
परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रियामार्फत हुने
-
पुँजी बजारमा देखिएको उतारचढावबारे अर्थमन्त्री वाग्ले, ‘अनुसन्धानका कारण केही भय देखिएको हुन सक्छ’
-
पार्टी छोड्नेहरूले नाटक गरे, राजसंस्था पुनर्स्थापनाको वातावरण उनीहरूले नै बिगारे : लिङ्देन
-
श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई
-
तीन पूर्वअध्यक्षसहितका नेताद्वारा राप्रपाको केन्द्रीय समिति बैठक बहिष्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण