सात लाख बढीको भन्सार छलीको समान बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी ७ लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चौराह, त्रिनगर ब्यारेल, मिलन चोक र बहुलियाबाट अन्दाजी ३ लाख ५६ हजार मूल्य बराबरको लेमिलेसनको मेसिन, शृङ्गारको सामान, कपडा, किराना सामान, प्याज, चिनी र त्रिपाल फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनगढी गोदावरी नगरपालिका–४ वनदेबीबाट अन्दाजी ३ लाख ३८ हजार मूल्य बराबरको कस्मेटिक सामान र कपडा बरामद गरिएको छ भने भजनी नगरपालिकास्थित जसब र सोनाहफाटाबाट अन्दाजी ५९ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ, किराना सामान र टिकापुर नगरपालिका-९ ठोसे बजारबाट अन्दाजी १८ हजार ७ सय मूल्य बराबरको चिनी बरामद गरिएको छ । उक्त समानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय