रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
सोमबार, १० मङ्सिर २०८१, १३ : ०४
रुकुम पश्चिम । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटना गएराति ८ बजेतिरको हो । बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले रातोपाटीलाई बताए ।
अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । पाठकका अनुसार वीरबहादुर नशाको प्रयोग गर्ने गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण