आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ ।
आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । यी तीन प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
-
इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल
-
सर्वोत्कृष्ट उद्यमी पुरस्कृत
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण