रास्वपाले भन्यो– हामीमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भयो
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका छन् ।
‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन‚’ उनले भने ।
उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गरे ।
पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरे ।
‘सम्मानित अदालतमा लगेर कारबाही गरे भोग्न तयार भएको सभापतिले भन्नुभएको छ । यी विषयमा भ्रममा पर्न जरुरी छैन‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण