बागमती लोकसेवा सदस्यमा खड्का नियुक्त
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा रामबहादुर खड्का नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आयोगको सदस्य पदमा खड्कालाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७५ को दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो । ऐनको दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
तत्कालीन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागू हुनेगरी २ कात्तिकमा राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । दोलखाको गौरिशंकर गाउँपालिका–५ का खड्कालाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्तिको लागि २ मङ्सिर २०८१ को मन्त्रिपरिषद्को बैठकको प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार खड्कालाई सदस्य पदमा नियुक्तिका लागि ५ मङ्सिरमा प्रदेश प्रमुख देवकोटा समक्ष प्रस्ताव प्राप्त भएको थियो । उनको शपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण