११ महिनामा भित्रिए १० लाख ५५ हजार पर्यटक
काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक आएका थिए ।
नोभेम्बरमा भारतबाट १९ हजार ९१५ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १० हजार ९८१, बेलायतबाट ६ हजार ६११ र चीनबाट ९ हजार ४५८ पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । बोर्डका अनुसार अस्ट्रेलियाका ४ हजार ८२९, बंगलादेशका ५ हजार १४८ र श्रीलंकाका ४ हजार ३९५ पर्यटक आएको तथ्यांक छ ।
यो वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरी ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११ र जुनमा ७६ हजार ७३६ जना नेपाल आएको बोर्डको तथ्यांक छ । जुलाईमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१९, सेप्टेम्बरमा ९६ हजार ३०५, अक्टोबरमा १ लाख २४ हजार ३९३ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण