११ महिनामा भित्रिए १० लाख ५५ हजार पर्यटक
_t950bDnWai.jpg)
काठमाडौँ । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५३३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा मात्रै १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् । २०२३ नोभेम्बरमा १ लाख ८ हजार ६३० पर्यटक आएका थिए ।
नोभेम्बरमा भारतबाट १९ हजार ९१५ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १० हजार ९८१, बेलायतबाट ६ हजार ६११ र चीनबाट ९ हजार ४५८ पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । बोर्डका अनुसार अस्ट्रेलियाका ४ हजार ८२९, बंगलादेशका ५ हजार १४८ र श्रीलंकाका ४ हजार ३९५ पर्यटक आएको तथ्यांक छ ।
यो वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरी ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११ र जुनमा ७६ हजार ७३६ जना नेपाल आएको बोर्डको तथ्यांक छ । जुलाईमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१९, सेप्टेम्बरमा ९६ हजार ३०५, अक्टोबरमा १ लाख २४ हजार ३९३ पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला