सगरमाथा आरोहणको तयारीमा जुटिन् अभिनेत्री कविता
काठमाडौँ । अभिनेत्री कविता नेपाली यतिबेला सगरमाथा बेस क्याम्पमा छिन् । संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यसहित विभिन्न तयारीका लागि उनी अहिले बेस क्याम्प पुगेकी हुन् । ‘सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नुपर्ने र आवश्यक बिभिन्न तालिम समेत लिनुपर्ने रहेछ’, नेपालीले भनिन्– ‘त्यसका लागि अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दैछु ।’
उनले पहिलो पटककै सगरमाथा आरोह गर्ने भने होइन । तयारीपछि उनी केही साना हिमाल चढ्नेछिन् र त्यसपछि सगरमाथा आरोहण गर्ने उनले सुनाइन् । कविता फिल्म ‘एक्लो’ की अभिनेत्री हुन् । उनलाई सगरमाथा आरोहणको रहर त्यतिबेला जागेको हो । जतिबेला उनी ‘एक्लो’ छायांकनको लागि अपर मुस्ताङ पुगेकी थिइन् ।
कवितालाई सगरमाथा आरोहणका लागि फिल्म ‘एक्लो’ युनिटले समेत सहयोग गर्ने भएको छ । आफ्नो फिल्मको अभिनेत्री सगरमाथा चढ्न लाग्दा निकै खुसी महसुस भएको ‘एक्लो’ का कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए । उनले भने ‘कविताका लागि हामी सक्दो सहयोग गर्नेछौ ।’
‘एक्लो’ कविताको डेब्यु फिल्म हो । डान्सिङ्ग रियालिटी शो विजेता समेत रहेकी नेपालीले थुप्रै म्युजिक भिडियो र वेब सिरिजमा काम गरिसकेकी छन् । अहिले पोस्ट प्रोडक्सनमा रहेको ‘एक्लो’ प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
फिल्ममा कवितासँंगै प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, सुरज सिहँ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री,विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण