पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण
झापा । जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे ।
नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।
“चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ”, नगरप्रमुख थोप्राले भने, “सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।” उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।
प्रवेशद्वार र सडक रु ८४ लाख ६१ हजार पाँच सय ५० मा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ ।
कार्यक्रममा नगर उपप्रमुख कार्कीले दोमुखा शिवसताक्षी नगरको गहना भएकाले यसको विकास र प्रवर्द्धनमा पालिका निरन्तर लागिरहेको बताइन् । नगर क्षेत्रमा रहेका तीन वटा पर्यटकीयस्थल दोमुखा, सतासीधाम र चिल्लागढले यस क्षेत्रको पहिचान बनाएको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उनले उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण