नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा
भर्जिनिया । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको पति नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ ।
नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको छ । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ ।
ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भनेका छन् ।
सुरुदेखि नै आफूहरूलाई ममताको हत्या भएको शंका लागेको अनि यो कुरा डीएनए जाँच र अरू प्रमाणबाट पुष्टि भएको लुगोले भनेका छन् । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने भेटिएको छैन । शवको खोजी निरन्तर जारी राखिने प्रहरीले बताएको छ ।
प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए ।
प्रहरी अगष्ट २ मा ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए ।
प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो ।
त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेश आफैले ममताको हत्या गरेर उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माया प्रीति’बाट फिल्ममा फर्किँदै अभिनेत्री निशा
-
‘एक्टरः टेक वन’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने
-
पर्वत केन्द्रबिन्दु भएर भूकम्प
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी