नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा
भर्जिनिया । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको पति नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ ।
नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको छ । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ ।
ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भनेका छन् ।
सुरुदेखि नै आफूहरूलाई ममताको हत्या भएको शंका लागेको अनि यो कुरा डीएनए जाँच र अरू प्रमाणबाट पुष्टि भएको लुगोले भनेका छन् । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने भेटिएको छैन । शवको खोजी निरन्तर जारी राखिने प्रहरीले बताएको छ ।
प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए ।
प्रहरी अगष्ट २ मा ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए ।
प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो ।
त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेश आफैले ममताको हत्या गरेर उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण