ओलीको चीन भ्रमण उपलब्धिविहीन : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको दाबी गरेका छन् । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हासिल नदेखिएको बताए ।
चीन भ्रमणको दौरान आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारी पत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्विपक्षीय सहमति तथा समझदारीमा खासै महत्त्व नदिनुले प्रस्ट भएको जिकिर गरे ।
साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुसी तुल्याएर आफ्नो सत्ता–सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ बारेपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाए ।
आम जनता पार्टीको आज बसेको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन सम्बोधनको क्रममा साहले भने,‘मैले त उहाँको यो भ्रमण तीर्थयात्रामा सीमित हुन्छ भनेर धेरै पहिले नै भनेको थिएँ । आज बेइजिङमा भएको सहमति हेर्दा देशको गौरव नै धुमिल भएको अनुभूति भयो । बीआरआईको कुनै चर्चा भएन । यो भ्रमण देशको लागि उपलब्धिविहीन भयो ।।’ साहले भैँसीको मासु निर्यात गर्ने समझदारी हुनु र बीआरआईबारे चर्चा नहुनेले पनि भ्रमण कति सफल वा असफल भन्ने कुरा प्रस्ट हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण