बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
शुक्रबार, २१ मङ्सिर २०८१, ०४ : ३३
काठमाडौं । प्रिमियर लिगको यो सिजन पाँच हारको सामना गरिसकेको बर्नमथले टोटनह्याम हट्स्परविरुद्ध सामान्य जित हासिल गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा बर्नमथले टोटह्यामविरुद्ध १–० को सामान्य जित निकाल्यो ।
बर्नमथका लागि १७ औं मिनेटमा डीन हुइजसेनले गरेको गोल नै निर्णायक बन्यो । यद्यपि, ७२ औं मिनेटमा इवानिलसनले गोल गरेकामा भीएआरले मान्यता दिएन । यो जितले बर्नमथ टोटनह्यामभन्दा एक स्थानमाथि नवौं नम्बरमा पुगेको छ । १४ खेल सकिँदा बर्नमथको २१ र टोटह्यामको २० अंक छ । प्रिमियर लिग सिजनको आधाआधी नहुँदै टोटनह्यामको यो छैठौं हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म