बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
शुक्रबार, २१ मङ्सिर २०८१, ०४ : ३३
काठमाडौं । प्रिमियर लिगको यो सिजन पाँच हारको सामना गरिसकेको बर्नमथले टोटनह्याम हट्स्परविरुद्ध सामान्य जित हासिल गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा बर्नमथले टोटह्यामविरुद्ध १–० को सामान्य जित निकाल्यो ।
बर्नमथका लागि १७ औं मिनेटमा डीन हुइजसेनले गरेको गोल नै निर्णायक बन्यो । यद्यपि, ७२ औं मिनेटमा इवानिलसनले गोल गरेकामा भीएआरले मान्यता दिएन । यो जितले बर्नमथ टोटनह्यामभन्दा एक स्थानमाथि नवौं नम्बरमा पुगेको छ । १४ खेल सकिँदा बर्नमथको २१ र टोटह्यामको २० अंक छ । प्रिमियर लिग सिजनको आधाआधी नहुँदै टोटनह्यामको यो छैठौं हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण