लोकतन्त्रमा देखिने गरी काम भएको छ : महासचिव पोखरेल
देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताए ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए । उनले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गरे ।
तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे । तुलसीपुर उपमहानगर प्रमुख टीकाराम खड्काले पालिकाका १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताए ।
उनले यसै महिनामा कृषि, पशु शाखा, वडा र स्वास्थ्य शाखाले आफ्नै भवनबाट सेवा सुरु गरेको भन्दै वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्र गर्ने काम छिट्टै सुरुआत गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, तुलसीपुुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डे, वडा नं १९ का अध्यक्ष प्रेमनाथ योगीलगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति